१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु


0
Shares

डोल्पा । डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ ।

शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका जाजरकोटका दुईको लेक लागेर मृत्यु भएको हो ।

लेक लागेका बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण विकलाई उपचारका लागि  फोक्सुण्डो ताल नजिक पर्ने रिग्मो गाउँमा ल्याइपुर्‍याउँदा आज  बिहान मृत्यु भएको  र  जाजरकोट जिल्लाकै वर्ष २२ का रमेश चलाउनेको शुक्रबार  प्यारी भोक्पाभन्ने ठाउँमा  मृतु भएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी डोल्पाको ठूलीभेरी नगरपालिका–१ का वर्षीया ३८ का बुद्धि कार्कीको गत बिहीबार दुना यार्सापाटनमा भिरबाट लडेर मृत्यु भएको थियो ।

लेक लागेर बिरामी पर्नेकोे सङ्ख्या बड्दै गएकाले सर्वसाधारण धमाधम घर फर्कन थालेको बताइएको छ ।

एक महीना अघिमात्रै यार्सा सङ्कलन गर्न आएका जुम्लाका दुईजनाले ज्यान गुमाएका थिए ।

गत वैशाखदेखि हालसम्म जम्मा  पाँच जनाले ज्यान गुमाइसकेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जनाएको छ ।