Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


तमानखोला गाउँपालिकाले सोलेडाँडालाई आकर्षक गन्तव्य बनाउने


0
Shares

बाग्लुङ । बाग्लुङको तमानखोला गाउँपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण गर्न थालेको छ ।

चालू आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको ५ लाख रुपैयाँ र स्थानीय जनश्रमदानमा शौचालय र खानेपानीको धारो निर्माण गरेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिए ।

सोलेडाँडा घुम्न तथा वनभोज आउने पर्यटकलाई सहज पुर्‍याउन र पर्यटकलाई आकर्षित गर्न पूर्वाधार निर्माणलाई अगाडि बढाएको उनको भनाइ छ ।

सोलेडाँडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न विभिन्न योजना बनाउने योजना गाउँपालिकाको छ ।

सोले डाँडाबाट धौलागिरी, अन्नपूर्ण, दूरलेकलगायत थुप्रै हिमश्रृखला अवलोकन गर्न सकिन्छ ।

यस्तै बाग्लुङका उच्च पहाडी क्षेत्र र म्याग्दीका अधिकांश मनमोहक दृश्य पनि यो स्थानमा सहजै अवलोकन गर्न सकिन्छ ।

पछिल्लो समय आन्तरिक पर्यटक बढ्न थालेको तमानखोला गाउँपालिकाले जनाएको छ ।