सुनको मूल्य पुनः उकालो लाग्यो « Imagekhabar – Online News Portal of Nepal
२१ मंसिर २०७९, बुधबार | Wed Dec 7 2022


सुनको मूल्य पुनः उकालो लाग्यो


0
Shares

काठमाडौं, असार २९ । सोमबार सुन चाँदीको मूल्य पुनः उकालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले उकालो लागेर ९२ हजार ३ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतार १ सयले घटेर ९२ हजार १ सयमा कारोबार भएको थियो ।

यस दिन चाँदीको भाउ पनि १० रुपैयाँले बढेर ९ सय ९० मा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रति औंन्स १८ सय ६ डलर हाराहारीमा कारोबार भैरहेको छ ।