भृकुटीमण्डप बजार खुल्यो तर ग्राहक छैनन्: व्यवसायी तनावमा • Image Khabar Image Khabar


भृकुटीमण्डप बजार खुल्यो तर ग्राहक छैनन्: व्यवसायी तनावमा


Imagekhabar
२९ असार २०७७, सोमबार १०:२०

भृकुटीमण्डप बजार खुल्यो तर ग्राहक छैनन्: व्यवसायी तनावमा

काठमाडौं । लकडाउन खुकुलो भएसँगै काठमाडौंको भृकुटीमण्डप बजार खुलेपनि ग्राहक नआउँदा सुनसान छ ।

लकडाउनका कारण तीन महिनासम्म बन्द रहको बजार असार १५ गतेदेखि खुलेको हो ।

लकडाउनका कारण चैत महिना यताको भाडा तिर्न नसकिएको र व्यापार नै नभएपछि दैनिकी चलाउन समेत कठिन भएको व्यवसायीहरुले बताएका छन् ।

करिब १३ सय पसल रहेको यो बजार लुगा, चुत्ताचप्पल इलेक्ट्रोनिक सामान किनमेल गर्नका लागि सजिलो बजार पनि हो ।

सस्तोमा सामान पाउने भएपछि निम्न वर्गीय समुदायका मानिसहरु किनमेल गर्न जाने यो बजार लकडाउनको तीन महिना बन्द रहेपनि अहिले भने खुलेको छ ।

भृकुटी मण्डमा व्यापार गर्ने साना व्यवसायीहरुको संगठन काठमाडौं निम्न व्यापारी संघका सहअध्यक्ष चिन्तामणी प्रसाईंले अझैपनि पूर्णरुपमा पसलहरु खुल्न नसकेको बताउनुभयो ।

उहाँले ग्राहक नभएपनि दैनिकी चलाउन सजिलो हुन्छ की भन्ने आशामा पसल खोलिएको बताउनुभयो ।

प्रत्येक पसलले प्रि स्क्वायरफुट १४ रुपैयाँका दरले हरेक महिनाको १५ गतेभित्र भाडा तिर्नुपर्छ ।

लकडाउन पछि खुलेको बजारमा व्यापार नहुँदा भाडा तिर्न समेत पैसा नभएकाले चैत महिना यताको भाडा तिर्न नसकेको व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्