२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


सहल फेरि ठुलो झुण्डमा आउन सक्ने भन्दै सचेत हुन मन्त्रालयको आग्रह


0
Shares

काठमाडौं, असार २८ । कृषी तथा पशुपक्षिं विकास मन्त्रालयले अघिल्लो पटक भन्दा पनि ठुलो झुण्ड सलह नेपाल आउन सक्ने भएकोले सचेत हुन आग्रह गरेको छ ।

भारतका विभिन्न ठाँउहरुबाट उत्तरपुर्वी बहेको हावाका कारण अझै ठुलो संख्यामा सलह भित्रिन सक्ने देखिएको भन्दै मन्त्रालयले सचेत गरेको हो ।
र्
तबार दाङका विभिन्न ठाँउबाट सलह नेपाल तर्फ प्रवेश गरेको जनाइएको छ ।

सलह पुर्वउत्तर तर्फ लागेको र प्युठान र अर्घाखाँचीसम्म पुग्न सक्ने मन्त्रालयको अनुमान छ ।

हावाको बहाव सोमबार सम्म रहने भएकाले भैरहवा तथा जनकपुरबाट सलह नेपाल प्रवेश गर्न सक्ने र अझै ठुलो संख्यामा भित्रिन सक्ने बताईएको छ ।

यसअघि भित्रिएका सलह हावापानीका कारण तितर वितर भएर सानो सानो झुण्डमा नेपाल प्रवेश गरेका थिए ।

यसपटक भने तराई र मध्यपहाडी जिल्लामा समेत सलह फैलन सक्न्ने देखिएकाले सतर्क हुन र पुर्वतयारीका साथ बस्न मन्त्रालयले आग्रह गरेको छ ।

भारतमा सलह रहुन्जेल नेपालमा पनि उत्तिकै जोखीम हुन सक्ने भएकाले भदौसम्म पनि यसको खतरा रहन सक्ने मन्त्रालयले जनाएको छ ।