
-सञ्जय कार्की/ईमेज
रौतहट । अनुदानको मलखाद कालोबजारी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेपछि तीनवटा सहकारी संस्थासंग जवाफ माग गरेको छ ।
बिगत बर्ष देखिनै एउटै ब्यक्तिलाई सहकारीले मलको बिक्री बितरण गर्ने जिम्मा दिएर कालोबजारी गराउँदै आएपछि यसपटक भने प्रहरीले बितरकलाई पक्राउ गरेपनि मलखाद जिम्मा लगाउने सहकारी संस्थासंग जवाफ माग गरेको छ ।
चन्द्रपुर नगरपालिका–१ स्थित बाग्मतीमा रहेको तीनवटा सहकारी संस्थाले कृषि सामग्री कम्पनीबाट खरिद गरेको अनुदानको रासायनिक मल सर्लाहीको बाग्मती नगरपालिका–१२ कर्मैया घरभई चन्द्रपुर नगरपालिका–१ स्थित बाग्मती बजारमा राहुल खाध्य उधोग संचालन गरी बसेका सत्यलाल साहले कालोबजारी गरेको पाइएको छ ।
सहकारी संस्थाका शेयर सदस्य किसान लाई सहजढङ्गले अनुदानको मल बिक्री गर्नुको बदला बाहिरी जिल्ला मकबानपुर र सर्लाहीमा बढि मुल्यमा राहुल खाध्य उधोगका प्रोपाइटर सत्यलाल साहले बिक्री गरेपछि उनी पक्राउ परेका हुन ।
कृषि सामग्री कम्पनी चन्द्रनिगाहपुर बाट वडाअध्यक्ष बिरु रखालनै अध्यक्ष रहेको सृजनसिल कृषि सहकारी संस्था लिमिटेड बाट युरिया १६५२, डिएपी ६०५ बोरा, पोटास १३५ बोरा, यस्तै बाग्मती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नामबाट युरिया १२१२ बोरा, डिएपी ५७५ बोरा, पोटास ११५ बोरा र उन्नतीशिल महिला कृषि सहकारी संस्था लिमिटेडको नामबाट युरिया २१२४ बोरा, डिएपी ६८१ बोरा, पोटास १३० बोरा खरिद गरी राहुल खाध्य उधोगका प्रोपाइटर सत्यलाल साहलाई जिम्मा लगाएको देखिन्छ ।
वडाअध्यक्ष बिरु रखाल नै अध्यक्ष रहेको सृजनसिल कृषि सहकारी संस्था लिमिटेडको बिगत बर्ष देखिनै साधारण सभा भएको छैन ।
वडाअध्यक्ष रखालकै सिफारिसमा तीनवटै सहकारी संस्थाले कृषि सामग्री कम्पनीबाट मलखाद खरिद गरेको देखिन्छ ।
वडाअध्यक्ष बिरु रखाल भने आफुले किसानको लागि सहज बनाउन राहुल खाध्य उधोगलाई मलखाद जिम्मा लगाएको बताउनुभयो ।
उता स्थानीय देब भण्डारी भने सहकारी संस्थाकै मिलोमतोमा कालोबजारी भएको आरोप लगाउनुहुन्छ ।
पक्राउ परेका साहलाई कालोबजारी ऐन अन्तर्गत प्रहरीले म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक हेम शाहीले पक्राउ परेका साहमाथिको अनुसन्धान जारी रहेको बताउनुभयो ।
गत १५ गते पक्राउ परेका उनी ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतमा रहेका छन ।
नेपाल सरकारको अनुदानित मल सहकारी संस्थाले खरिद गरेर किसान लाई बिक्री बितरण गरेपछि कृषकसंग बिक्री बितरण प्रतिबेदन बनाउनु पर्नेमा ती सहकारी संस्थाले एजेन्ट तोकेपछि प्रतिबेदन बनाएका छैनन ।
प्रतिक्रिया दिनुहोस्