भक्तपुरमा जीर्ण बनेका सम्पदा संरक्षण अभियान तीव्र • Image Khabar Image Khabar


भक्तपुरमा जीर्ण बनेका सम्पदा संरक्षण अभियान तीव्र


Imagekhabar
२८ असार २०७७, आईतवार ११:२०

भक्तपुरमा जीर्ण बनेका सम्पदा संरक्षण अभियान तीव्र

काठमाडौं । भक्तपुरको मध्यपुर थिमिमा सम्पदा संरक्षण अभियान तीव्र बनेको छ । लामो समयदेखि जीर्ण बनेका पाटी, पोखरीदेखि हिटी सम्पदा पुनर्निर्माण तीव्र भएको हो ।

यही क्रममा आर्थिक वर्ष २०७६–०७७ सालको वार्षिक बजेटले वडा नं.४ को निगूपुखू अर्थात दुईपोखरी उद्घाटन गरिएको छ ।

संरक्षण अभावले खेल मैदानमा परिणत भएको पोखरीलाई पुरानै प्रविधि र शैलीमा पुनर्निर्माण गरिएको छ । एकै ठाउँमा दुई वटा पोखरी जीर्ण बनेकोमा अहिलेलाई एउटा सम्पन्न गरेको छ ।

अर्को पोखरी पनि बन्दैछ । नगरपालिकाले सांस्कृतिक बाजागाजासहित उत्सव गरी पोखरी उद्घाटन गरेको छ ।

स्थानीय उपभोक्ता समितिमार्फत चारैतिर दाचि अप्पा प्रयोग गरी पर्खाल बनाइएको छ भने ठाउँ ठाउँमा मौलिक शैलीका ढोका बनाइएका छन् ।

करिव एक करोड पचास लाखको बजेटले वाग्मती प्रदेश सरकारसँगको सहकार्यमा पोखरी पुनर्निर्माण सम्पन्न गरेको निगूपुखू पुनर्निर्माण गुरुयोजना कार्यान्वय उपभोक्ता समितिया अध्यक्ष निरन्जन श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्