२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


असिना पानीले बाली सखाप, बागलुङका किसान चिन्तित


0
Shares

डम्मर बुढा मगर

बागलुङ, जेठ १७ । बागलुङको तमानखोला गाउँपालिकाको तमान र लाम्मेला गाउँमा बिहीबार साँझ परेको असिना पानीले मकै र आलु बालीमा ठूला क्षति पुर्‍याएको छ ।

स्थानीयका अनुसार धेरै वर्षपछि लामो समयसम्म असिना सहितको पानी परेपछि तमान र लाम्मेला क्षेत्रमा किसानले लागाएको मकै र आलु नष्ट गरेको छ ।

किसानले बारीमा लगाएको तरकारी बाली, मौसमी फलफूलहरु समेत असिना पानीले भुईभरी बनाइदिएको छ ।

भर्खर चिचिला लागेको आलु बाली असिनाले चुटेर बोट नै नष्ट भएको अवस्थामा छ । 

बारीमा भर्खर उम्रेको मकैबाली समेत असिनाले ठटाएर नष्ट गरेको स्थानीय नरबहादुर घर्तीले बताए ।

खेतबारीमा लगाएका बाली सप्रिएर आयआर्जनमा टेवा पुग्ने अपेक्षा गरेका किसानका सपना अचानक आएको असिनापानीले चकनाचुर बनाएको छ । बाली नष्ट भएपछि जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ताले उनीहरु ग्रसित भएका छन् ।