
डडेल्धुरा, जेठ १७ । डडेल्धुराका महिला तथा बालबालिका काफल बिक्री गरेर आम्दानी गर्न थालेका छन् ।
काफल पाकेसँगै अन्य काम छोडेर पनि डडेल्धुराको स्याउले बजार, बसपार्क र भीमदत्त राजमार्गका विभिन्न स्थानमा काफल बिक्री गर्नेको भिड नै लाग्न थालेको छ ।
चैतदेखि जेठसम्म पाइने पहाडको प्रसिद्ध मौसमी फल काफल बिक्री गरेर राम्रो आम्दानी हुने उनीहरु बताउँछन् । काफल बिक्री गरेर मासिक ५० हजारदेखि १ लाख रुपैयाँसम्म आम्दानी गर्न सकिने स्थानीय बताउँछन् ।
डडेल्धुरा सदरमुकामका विभिन्न जंगलका साथै भीमदत्त राजमार्गको डडेल्धुरासहित डोटीको वुडर, गैरा र कैलालीको खानीडाँडासम्मका विभिन्न जंगलमा काफल फल्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्