२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


पुल बन्यो तर सडक बनेन्: निर्माणमा ढिलाइले पैदल यात्रीलाई सास्ती


0
Shares

उदयपुर । उदयपुरमा निर्माण भएको महिनौ बित्दा समेत पुल संचालनमा आउन सकेको छैन ।

पुल बने पनि सवारी साधन संचालन हुन नसकेपछि यात्रुहरुले सास्ती खेप्दै आउनु परेको छ ।

निर्माण पक्षले पुलका दुवैतर्फ माटो फिलिङ, ग्याभिङ र एप्रोच सडक निर्माणमा ढिलाइ गर्दा पैदल यात्री तथा सवारी साधन संचालन हुन नसकेको हो ।

सरकारले राष्ट्रिय महत्वको रुपमा लिएको बसाहा विरेन्द्र चोक, गाईघाट–कटारी, सिन्धुली–भिमानसम्मको १ सय ३४ किलोमिटर मदन भण्डारी लोकमार्गअन्तर्गत बसाहा विरेन्द्र चोक गाइघाट खण्डमा माटो पुर्ने ग्याभिङ गर्ने काम नगरेकाले सवारी साधन संचालनमा आउन सकेका छैनन् ।

चौदण्डीगढी नगरपालिका ३ मा पर्ने करौजे खोला पुलमा दुवैतर्फ माटो पुर्ने ग्याभिङ तथा एप्रोच सडक निर्माण हुन सकेको छैन ।

त्यस्तै काली–लाटे र त्रियुगा नगरपालिका ११ भाटीखर्क खोलामा समेत ग्याभिङ र एप्रोच सडक निर्माण नहुँदा सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् ।