१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


गर्मी बढेपछि एक साताका लागि विद्यालय बन्द


0
Shares

कञ्चनपुर, जेठ १७ । अत्यधिक गर्मी बढेपछि कञ्चनपुरको बेदकोट नगरपालिकाभित्रका विद्यालय एक साताका लागि बन्द गरिएको छ ।

वार्षिक बिदामा मिलान गर्ने गरी आजदेखि बेदकोट नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएको हो ।

कञ्चनपुरमा एक सातादेखि अत्यधिक गर्मी बढेको छ । गर्मीकै कारण विद्यार्थीलाई समस्या भएपछि जेठ २४ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको जिल्लास्थित शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।