
काठमाडौं, जेठ १६ । हंगेरीमा पर्यटक बोक्ने मोटरबोट दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । २१ जना बेपत्ता छन् ।
राजधानी बुडापेस्टको दानुब नदीमा ३० जना दक्षिण कोरियाली पर्यटक र तीनजना ‘टुर गाइड’ सवार डुंगा दुर्घटना भएको हो । सातजनाको भने उद्धार गरिएको छ ।
भारी वर्षाका कारण नदीमा पानीको सतह एक्कासि बढ्दा उक्त दुर्घटना भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
भारी वर्षाका कारण उद्धारमा पनि कठिनाइ भएको बताइएको छ । हराइरहेकाहरुको जिउँदै उद्धार हुने सम्भावना न्यून रहेको बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्