Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


एन्फालाई शौचालय हस्तान्तरण


0
Shares

काठमाडौं, जेठ १६ । जापान सरकारले एन्फा कम्प्लेक्स सातदोबाटोमा निर्माण गरेको शौचालय र प्राविधिककक्षलगायतका भौतिक संरचना अखिल नेपाल फुटबल संघ (एन्फा)लाई हस्तान्तरण गरेको छ ।

बिहीबार आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासामिची साइगोले शौचालय र प्राविधिककक्षको उद्घाटन गर्दै औपचारिकरुपमा निर्माण सम्पन्न भौतिक पूर्वाधार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई हस्तान्तरण गरेका हुन् ।

जापान सरकारको सहयोगमा एन्फाले कम्प्लेक्स परिसरमा अपांगतामैत्री शौचालय, खेलाडीको पोसाककक्ष बनाएको थियो ।

भौतिक पूर्वाधार निर्माणका लागि जापान सरकारले एन्फालाई ७१ हजार ५८१ अमेरिकी डलर आर्थिक सहयोग गरेको थियो । यो सहयोगले खेलाडीका लागि सघाउ पुग्ने विश्वास लिइएको छ ।