Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोलीको बिदाइ


0
Shares

काठमाडौं, जेठ १६ । मलेसिया र चाइनिज ताइपेइसित अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार नेपाली टोलीको बिदाइ गरेको हो ।

नेपालले यही जेठ १९ गते आइतबार मलेसियासित उसकै मैदानमा तथा जेठ २३ गते चाइनिज ताइपेइसित उसकै मैदानमा खेल्नेछ ।

विराज महर्जनको कप्तानीमा रहेको २३ सदस्यीय टोलीमा मुख्य प्रशिक्षक योहान कालिनले दुई फरवार्ड विमल घर्तीमगर र भरत खवासलाई समेटेका छैनन् ।

नेपाली टोलीमा युवा खेलाडी अभिषेक रिजालले पहिलोपटक स्थान बनाएका छन् ।