Logo १० कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026


मास्क नलगाई बाहिर निस्के ‘ठाउँको ठाउँ’ सय रुपैयाँ जरिवाना


26
Shares

काठमाडौं । मास्क नलगाई हिँड्नेलाई प्रहरीले ठाउँको ठाउँ एक सय रुपैयाँ जरिवाना गराउने भएको छ ।

मास्क र सेनिटाइजर प्रयोग नगर्ने तथा एकअर्काबीच भौतिक दूरी नराख्दा संक्रमणको उच्च जोखिम रहेको भन्दै स्वास्थ्य सावधानीका लागि ‘ठाउँको ठाउँ’ जरिवानाको व्यवस्था गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौंलाई जरिवाना रसिद नै पठाइसकेको छ ।

परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले प्रशासनबाट १ सय रुपैयाँ दरको जरिवाना रसिद आइसकेको बताए ।

संक्रामक रोग ऐन २०२० को दफा ३ मा संक्रमक रोग सम्बन्धी नियम उल्लंघन गरे १ सय रुपैवा जरिवाना वा १ महिना कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

सोही दफामा नियम पालना गराउने क्रममा काममा अवरोध पुर्‍याए ६ सय रुपैया जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

‘प्रमुख जिल्ला अधिकारीले स्वास्थ्य सावधानी नअपनाउनेलाई ठाउको ठाउ जरिवाना लिएर कारबाही गर्न निर्देशन दिइसक्नु भएको छ, बिहीबार नै प्रशासनबाट आवश्यक मात्रामा जरिवाना रसिद नै पाइसकेका छौं,’ ज्ञवालीले भने ।

अब सार्वजनिक स्थलरसडक तथा गल्लीमा प्रहरी परिचालन गरेर मास्क नलगाउनेबाट जरिवाना असुलिने उनले स्पष्ट पारे ।

‘जोखिम बढ्यो तर मानिसमा संक्रमणको त्रास र डरको मात्रा घट्दै गएको पाइयो,’ ज्ञवालीले भने, ‘थुनेर पनि सम्भव छैन, जरिवानाको अनुभूति भएपछि कानुन कार्यान्वयनमा सहज हुन्छ भनेरै मास्क नलगाउनेलाई कारबाही गर्न लागिएको हो ।’ आजको कान्तिपुर दैनिकबाट

Skip This