
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल महिला सशक्तिकरणको क्षेत्रमा नमुनाको रुपमा अघि बढीरहेको बताएका छन् ।
प्रथम राष्ट्रिय महिला अधिकार दिवशको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन ।
प्रधानमन्त्री ओलीले २०६३ साल जेठ १६ गते पुनस्र्थापित संसदले पास गरेको महिला अधिकार सम्बन्धी बिधयकले नेपालमा सशक्तिकरणको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।
“महिला अधिकारको क्षेत्रमा कोशेढुंगाको रुपमा रहेको जेठ १६ गतेको दिनलाई सरकारले राष्ट्रिय महिला दिवशको रुपमा यस बर्ष देखि मनाउन सुरु गरेको हो ” प्रधानमन्त्री ओलीले भने ।
प्रतिक्रिया दिनुहोस्