१६ फाल्गुन २०८०, बुधबार | Thu Feb 29 2024


नेपालमा करिब १३ सय हेक्टरमा व्यावसायिक चियाखेती


0
Shares

काठमाडौं, असार २९ । नेपालका विभिन्न जिल्लामा गरी १ हजार २६७ हेक्टर क्षेत्रफलमा व्यावसायिक चियाखेती हुने गरेको पाइएको छ ।

केन्द्रीय तथ्यांक विभाग र राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गरेको सर्वेक्षणअनुसार उक्त क्षेत्रफलमा व्यावसायिक चियाखेती गरिएको हो ।

९ हजार २३६ किसानमध्ये ९ हजार १२७ ले व्यक्तिगतरुपमा र १०८ जनाले संस्थागतरुपमा चियाखेती गर्ने गरेको सर्वेक्षणमा उल्लेख छ ।

सबैभन्दा बढी झापामा ७ हजार १९५ हेक्टरमा र सबैभन्दा कम मोरङमा २५ हेक्टर क्षेत्रफलमा चियाखेती गरिएको सर्वेक्षणमा उल्लेख छ ।

सबैभन्दा धेरै झापामा ८ करोड २५ लाख बराबर मेट्रिकटन र सबैभन्दा कम भोजपुरमा १.८ मेट्रिकटन गरी जम्मा १० करोड ८० हजार मेट्रिकटन हरियो चिया उत्पादन हुने गरेको पाइएको जनाइएको छ ।

हरियो पत्ती बिक्रीबाट किसानहरुले वर्षमा १ अर्ब ७४ करोड २२ लाख रुपैयाँ प्राप्त गर्ने गरेको पाइएको छ ।

यस्तै, जम्मा ११ प्रतिशत कृषकलेमात्रै अर्गानिक चियाखेती गर्ने गरेको पाइएको छ । ५९ प्रतिशतले परम्परागतरुपमा चिया उत्पादन गर्ने गरेका छन् ।

व्यावसायिक चियाखेतीमा ३ हजार २४४ जना स्थायी र ३० लाख ९५ हजार २८४ जना अस्थायी कामदार संलग्न रहेको सर्वेक्षणमा जनाइएको छ ।