१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


विश्वमा प्रभावशाली ब्यक्तिको सूचीमा नेपालकी भूमिका श्रेष्ठ


0
Shares

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकारका क्षेत्रमा क्रियाशिल भूमिका श्रेष्ठ विश्वका एकसय प्रभावशाली महिलाहरुको सूचीमा समावेश भएकी छिन् ।

बेलायती संस्था एपोलिटकलले सार्वजनिक गरेको लैंगिक समानता सम्बन्धी शीर्ष एकसय व्यक्तिको सूचिमा श्रेष्ठ पनि परेकी हुन् ।

लैंगिक समानताको क्षेत्रमा विश्वमा नीति निर्माणमा सकारात्मक भूमिका खेल्ने व्यक्तिको सूचिमा तेस्रो लिंगी अर्थात लैंगिक अल्पसंख्यकको अधिकारको क्षेत्रमा वकालत गर्दै आएकी भूमिका पनि परेकी हुन् ।

ब्लु डाइमण्ड सोसाइटीमा आवद्ध भूमिका तेस्रो लिंगी अर्थात ट्रान्सजेन्डर भूमिकाले ट्रान्सजेन्डरसँगै समलिंगीहरुको अधिकारको क्षेत्रमा काम गर्दै आएकी छन् ।

श्रेष्ठले सामान्य मानिस भन्दा फरक भोगाइहरु समेटर आफ्नो आत्मकथा सार्वजनिक गरेकी छन् ।

जन्मिदा पुरुष अनि पछि महिला बनेका जर्ज जोर्गेन्सनलाई प्रेरणाको स्रोत मानेर ‘भूमिका’(तेस्रो लिङगीको आत्मकथा) नाम दिइएको पुस्तक नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको प्रतिनिधि रुपमा सार्वजनिक भएको हो ।

यो पनि हेर्नुहोस