१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


निर्माणधिन क्रिकेट रंगशालाको बार भत्काउने नेता कँडेलसहित १६ जना पक्राउ


0
Shares

चितवन । चितवनको रामपुरमा निर्माणधिन गौतम बु्द्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माणस्थलमा लगाइएको बार भत्काउने स्थानीय प्रकाश कँडेल पक्राउ परेका छन् ।

घटनामा संलग्न अन्य १६ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । रंगशाला निर्माणस्थलमा लगाइएको बार कँडेलको नेतृत्वमा स्थानीयले भत्काएका हुन् ।

कँडेल नेकपाका स्थानीय नेता समेत हुन् ।

बुधबार बिहान डोजरसहित आएका ती व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएका हुन् ।

बार भत्काउने क्रममा उनीहरुले धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएका थिए ।