
काठमाडौं, जेठ १५ । सगरमाथा आरोहण गर्ने चिनियाँ महिला आरोहीहरुले सगरमाथा आरोहणका विषयमा विश्वका सन्चारमाध्यममा आएकोजस्तो नकारात्मक अवस्था नरहेको दाबी गरेको छ ।
गत मे २२ मा सगरमाथाको सफल आरोहण गरेर फर्किएका तीनजना चिनियाँ आरोहीले सगरमाथा सम्बन्धमा नकारात्मक समाचार आएकोमा दुःख व्यक्त गर्दै सगरमाथा आरोहण सुन्दर भएको बताए ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा व्यवस्थापकीय सुधार, राम्रो नियमन र अनुगमन आवश्यक रहेको भन्दै उनीहरुले विश्वका सन्चारमाध्यममा आएजस्तो सगरमाथामा आरोहीहरुको जाम नभएको जिकिर गरे ।
सिजनको समयमा एकजनाका कारण पनि जाम हुनसक्ने भन्दै यो प्राविधिक विषय भएको उनीहरुको भनाइ थियो ।
यसरी आफ्नो धारणा राख्नेहरुमा माउन्ट एभरेस्ट रोज ‘फस्ट चाइनिज ओमन्स एभरेस्ट एक्सपेडिसन टिम’का आरोही सदस्यहरु छाङ यिङ हुङ, मा लियामु र सन निङनिङ रहेका छन् ।
उनीहरुले सगरमाथा क्षेत्रमा सफाइ गर्ने सरकारको अभियानमा ऐक्यबद्धता जनाउँद फोहोरसमेत उठाएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्