२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


मेलम्ची खानेपानी आयोजनालाई सात अर्ब ३९ करोड बजेट


0
Shares

काठमाडौं, जेठ १५ । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनालाई आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदको संयुक्त बैठकमा पेस गरेको आव २०७६/७७ को बजेट प्रस्तुत् गर्दै उनले मेलम्ची आयोजनालाई रु सात अर्ब ३९ करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।

यस्तै, सोही आयोजनाको दोस्रो खन्डकोसमेत प्रक्रिया सुरु गरिने भएको छ ।

इटालीको ठेकेदार कम्पनी सीएमसीले अलपत्र पारेको सो आयोजनालाई सरकारले हालैमात्र नयाँ प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।

निर्माण व्यवसायीले तोकिएको समयमा नै काम गरेको भए सो आयोजना हाल सन्चालनमा आइसक्ने थियो ।

गत माघदेखि अलपत्र सो आयोजनालाई अगाडि बढाउन केही दिनअघिको मन्त्रिपरिषद्को बैठकले आवश्यक निर्णय गरेको थियो ।

यस्तै, साना तथा मझौला खानेपानी आयोजना सम्पन्न गर्नेगरी बजेटको व्यवस्था गरिएको छ । रासस