थप २०४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६ हजार नाघ्यो • Image Khabar Image Khabar


थप २०४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६ हजार नाघ्यो


Imagekhabar
२३ असार २०७७, मंगलवार १६:४२

थप २०४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६ हजार नाघ्यो

काठमाडौं, असार २३ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २०४ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १६ हजार १ सय ६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।

पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा बाजुरामा ५४, काठमाडौंमा १४, अछाम ११, बैतडीमा ११ जना, ललितपुरमा १०, महोत्तरीमा ९, धनुषा ८, अर्घाखाचीमा ८ जना, डोटीमा ७ जना, डडेलधुरा ६, मोरङ्मा ६ जना, नवलपरासी पश्चिम ५, सुर्खेत ५, रुकुमपश्चिम ५ र सल्यानमा ५ जना, सप्तरी ४ भक्तपुरमा ४ जना, दाङ ३, मकवानपुर ३, सुनसरी ३, सर्लाहीमा ३ जना रहेका छन् । त्यस्तै तनहुं २, पाल्पा २ , बर्दियामा २ , जना, रामेछाप १, लमजुङ १, गोरखा १, सिन्धुली १, सिन्धुपाल्चोक १, झापा १, धादिङ १, बाग्लुङ १, कपिलवस्तु १, नुवाकोट १, रुपन्देही १, कास्की १, रुकुम पूर्वमा १, र पर्साका १ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा २८ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ६ सय ८८ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७ हजार ४ सय ९९ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल ७७ मध्ये तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला गरी चार जिल्लामा कुनै पनि कोरोना संक्रमित नभएको मन्त्रालयले बताएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार १ सय ३३ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म २ लाख ६१ हजार ८ सय ६१ वटा पीसीआर परीक्षण भएका छन् ।

हाल २५ हजार ७ सय २७ जना क्वारेन्टिनमा बसेका छन् । त्यस्तै ८ हजार ६ सय ३६ जना आइसोलेसनमा रहेका छन् ।

त्यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले नेपालका कोरोना संक्रमितमध्ये ९९ प्रतिशतमा कुनै पनि कोरोनाका लक्षण नदेखिएको बताउनुभयो ।

उहाँले ९७ प्रतिशत संक्रमित आयातित भएको पनि बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्