
काठमाडौं, जेठ १५ । प्रधानमन्त्री केपी शर्मा ओली दक्षिण कोरियाको विश्वविद्यालयको मानार्थ विद्यावारिधिबाट विभूषित भएका छन् ।
लोकतन्त्रका लागि पुर्याएको योगदानको कदर गर्दै दक्षिण कोरियाको काङनाम युनिभर्सिटीले राजनीतिशास्त्रमा उनलाई मानार्थ विद्यावारिधि प्रदान गरेको हो ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू विभूषित भएपनि लोकतन्त्रका लागि संघर्ष गर्ने सबै विभूषित भएको महसुस गरेको बताए ।
दक्षिण कोरियाको शिक्षा व्यावहारिक र विकासमुखी भएको बताउँदै उनले दुई मुलुकबीच शैक्षिक क्षेत्रमा थप सहकार्य बढाउनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीलाई यसअघि पनि विभिन्न मुलुकका विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि प्रदान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्