Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


गणतन्त्रले जनताको शासन ल्यायो : मुख्यमन्त्री भट्ट


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, जेठ १५ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा १२औं गणतन्त्र दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

प्रदेश सरकारको आयोजनामा धनगढीबजार क्षेत्रमा सांस्कृतिक झाँकीसहित प्रभातफेरी निकालिएको थियो ।

मुख्यमन्त्री त्रिलोचन भट्ट, सभामुख अर्जुनबहादुर थापा, प्रदेश सरकारका मन्त्री, मन्त्रालयका सचिव, मुख्य न्यायाधिवक्ता, सुरक्षा अंगका प्रमुख, कर्मचारी, सर्वसाधारणलगायत प्रभातफेरीमा सहभागी थिए ।

प्रभातफेरीपछि आयोजित कार्यक्रममा मुख्यमन्त्री त्रिलोचन भट्टले गणतन्त्रले नेपालमा जनताको शासन ल्याएको बताए ।

मुलुकमा स्थायी सरकार गठन भएर मुलुक विकासतर्फ लम्किएको उनको धारणा थियो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशप्रमुख मोहनराज मल्लकोसमेत उपस्थिति थियो । नेपाली सेनाको एक टुकडीले प्रदेशप्रमुख मल्ललाई सलामी दिएको थियो ।