२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


सगरमाथा दिवसका अवसरमा प्रभातफेरी


0
Shares

काठमाडौं, जेठ १५ । १२औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा बुधबार बिहान प्रभातफेरी निकालिएको छ ।

१२औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मूल आयोजक समितिले आयोजना गरेको प्रभातफेरी काठमाडौंका पर्यटकीय नगरी ठमेल, दरबारमार्ग, नक्साल कमलपोखरी, पुतलीसडक हुँदै भृकुटीमन्डप पुगेर समापन भएको थियो ।

‘हाम्रो प्राथमिकता, सफा सगरमाथा’ भन्ने नारासहित मनाइएको यस वर्षको सगरमाथा दिवसमा विभिन्न पर्यटन व्यवसायीहरु, पर्यटन संघ–संस्थाका प्रतिनिधि सहभागी थिए ।

८ हजार ८४८ मिटर अग्लो विश्वको सर्वोच्च शिखर सगरमाथामा सफल आरोहण भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।

सगरमाथाको सफल आरोहण भएको ६६ वर्ष पूरा भएको छ । दुई साहसी आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन सगरमाथाको सफल आरोहण गरी विश्वलाई मानवीय साहस र क्षमताको अनुपम परिचय दिएका थिए ।

सोही दिनको सम्झनामा हरेक वर्ष मे २९ का दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने गरिन्छ ।