Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


शिक्षक हत्यामा संलग्न् कुख्यात अपराधी ११ वर्षपछि पक्राउ


39
Shares

प्रकाश लम्साल

बारा । भुमीगत गिरोहको नाममा ११ बर्ष अघि चन्दा नदिएको निहुँमा शिक्षकको हत्या गरेका अभियुक्तलाई आज बारा प्रहरीले पक्राउ गरेको छ । शिक्षक प्रदीपकुमार तिमिल्सिनाको सडकमै गोली हानि हत्या गर्ने तिलक भनिने नन्दु बैठालाई प्रहरीले पक्राउ गरेका हो ।

भुमीगत संगठन चलाएका बैठा प्रहरीको खोजीको सूचीमा थिए । भारतबाट ११ बर्ष पछि घर आएको बखत प्रहरीले आधा घण्टामै नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

साविकको गाविस फेटा–१ मा नेपाल राष्ट्रिय माविका शिक्षक तिमिल्सिनाको गोली हानी हत्या गरे लगतै फरार रहेका मुख्य अभियुक्त ४४ बर्षका बैठालाई प्रहरीले नेपाल प्रबेश गर्ने बितीकै सुचनाको आधारमा घर घेरा हाली नियन्त्रणमा लिएको हो ।

संगठनको नाममा धेरै जनासँग चन्दा असुलेको, जिल्लामा आतंक मच्चाएको, हत्या हिसांमा बढदो त्रास फैलाए पछि प्रहरीको खोजीको सूचीमा रहेका बैठा भारत भागेका थिए । ११ बर्ष पछि नेपाल छिरेका उनी प्रहरीको घेराबन्दिमा परेका हु्न ।

शिक्षक हत्यामा संलग्न अग्नि भनिने सुनिल जैसवाल, बिजय पटेल र रामनारायण सहनी समेतले गोली प्रहार गरेको प्रहरी अनुसन्धाननबाट खुलेको थियो । अग्नि भनिने सुनिल जैसवाल २०७० साउन २४ गते पक्राउ परी अदालतले जन्मकैदको सजाय सुनाएको छ भने विजय पुर्पक्षका लागि थुनामा रहेका छन् ।