१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


अन्तर्राष्ट्रिय सगरमाथा दिवसः ८ हजारभन्दा बढीले गरे सफल आरोहण


0
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ ।

८ हजार ८ सय ४८ मिटर अग्लो विश्वको सर्वोच्च शिखर सगरमाथामा सफल आरोहण भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो । सगरमाथाको सफल आरोहण भएको ६६ वर्ष पूरा भएको छ ।

दुई साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन सगरमाथाको सफल आरोहण गरी विश्वलाई मानवीय साहस र क्षमताको अनुपम परिचय दिएका थिए ।

सोही दिनको सम्झनामा हरेक वर्ष मे २९ का दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने गरिन्छ ।

सगरमाथा आरोहण इतिहासको यो अवधिमा ८ हजारभन्दा बढी स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।

आरोहणका क्रममा हालसम्म २९० बढीको निधन भइसकेको बताइएको छ । आरोहणका नयाँ विश्व कीर्तिमान पनि कायम भएका छन् ।

पछिल्लो पटक कामिरिता शेर्पाले सगरमाथाको २४ औँ पटक आरोहण गरि विश्व कीर्तिमान कायम गरेका छन् ।