२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


जंगली जनावरको आतंकबाट पीडित भएका महिला मजदुरीमा


0
Shares

डडेल्धुरा । डडेल्धुराको ग्रामीण क्षेत्रका महिला आयआर्जनका लागि दैनिक मजदुरी गर्न थालेका छन् ।

जंगली जनावरको आतंकबाट पीडित बन्दै स्थानीय महिला आम्दानीको कुनै स्रोत नहुँदा मजदुरी गर्न बाध्य बनेका हुन् ।

गाउँमा निर्माण भइरहेका सडकलगायत विभिन्न योजनामा ठूलाठूला डोजर र मेसिनको प्रयोग हुँदा स्थानीयले काम पाउन असम्भव भएको र दैनिक हातमुख जोर्न मुस्किल भएपछि सदरमुकाममा भइरहेका सानातिना निर्माण कार्यमा दैनिक पाँच सय रुपैयाँ भए पनि आयआर्जन भइरहेको श्रमिक महिला बताउँछन् ।

गाईवस्तुको हेरचाह र घरको सबै काम छोडेर अस्थायी रोजगारीका लागि कडा परिश्रमको काम गर्न बाध्य भएको उनीहरुको भनाइ छ ।

पुरुषसँगै समान काम गरे पनि कतिपय निर्माण कार्यमा पारश्रमिकमा विभेद हुने गरेको उनीहरुले गुनासो गरेका छन् ।