Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


सुन तोलामा तीन सयले घट्यो


0
Shares

काठमाडौं । गत सातादेखि सुनको मूल्यमा सामान्य गिरावट आउन थालेको छ । आज सुन तोलामा ३ सय रुपैयाँले घटेको छ । सुन तोलाको ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

९१ हजार ७ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर केही दिन यता घट्दै ९० हजार २ सय रुपैयाँमा झरेको हो । आज चाँदीको मूल्यमा भने कुनै हेरफेर नभएको महासंघले जनाएको छ ।