२० श्रावण २०८२, मंगलबार | Wed Aug 6 2025


राष्ट्रपतिद्वारा ४ सय ३४ कैदीलाई आममाफी


0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका अवसरमा ४ सय ३४ कैदीलाई भुक्तान हुन बाँकी कैदको सजाय माफी दिएकी छन् ।

माधव राईसहितका कैदीलाई मन्त्रिपरिषद्को सिफारिशमा माफी दिइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

असल चालचलन भई कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएकालाई नेपालको संविधानको धारा २७६ बमोजिम माफी दिने गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।