
काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि ९ हजारभन्दा बढी कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।
आयोगले आज सार्वजनिक सूचना जारी गर्दै स्थानीय तहमा रिक्त पदपूर्ति गर्न प्राविधिक र अप्राविधिक दुवैतर्फ गरी ९ हजार १ सय ६१ जनाका लागि आवेदन माग गरेको हो ।
आयोगले चौथो, पाँचौ र छैठौं तहका लागि प्राविधिक तथा अप्राविधिकतर्फ विज्ञापन खुलाएको हो ।
प्रकाशित सूचनामा प्रत्येक गाउँपालिका र नगरपालिकामा छुट्टाछट्टै रुपमा पदपूर्ति हुने गरी सूचना निकालेको हो ।
आयोगले आगामी असार ३ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।
दोब्बर दस्तुर तिरेर भने १० गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्