२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


धरहरा टावरको ‘राफ्ट फाउन्डेसन’को काम सुरु


0
Shares

काठमाडौं, जेठ १४ । धरहरा टावरको ‘राफ्ट फाउन्डेसन’को काम सुरु भएको छ ।

धरहरा पुनःनिर्माणको जिम्मेवारी पाएको जीआइइटीसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठकाअनुसार धरहरा टावरको ‘राफ्ट फाउन्डेसन’को काम सुरु भएको हो ।

श्रेष्ठले निर्माणकार्य तालिकाअनुसार नै अघि बढेको र निर्माणकाक्रममा स्थानीय समुदायबाट अझ सहयोग प्राप्त भए कार्य गर्न सहज हुने बताएका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको पुनःनिर्माणकार्यको अवलोकन गर्नेक्रममा श्रेष्ठले उक्त भनाइ राखेका हुन् ।

ज्ञवालीले प्राधिकरणले स्थानीय समुदायसँग समन्वय गरेर काम गरेको र पुनःनिर्माणपछि सबैभन्दा बेसी फाइदा स्थानीय समुदायलाई नै हुने भएकाले पुनःनिर्माणमा सहयोगको अपेक्षा गरेको बताएका थिए ।