
काठमाडौं, जेठ १४ । हामा आइरन एन्ड स्टिल र प्रिमियम लाइफ इन्स्योरेन्सले हिमाल आरोही निर्मल पुर्जाको ‘प्रोजेक्ट पसिबल’ अभियानलाई सहयोग गरेको छ ।
कम्पनीले मंगलबार पत्रकार सम्मेलन गरी १४ ओटा हिमाल आरोहण गर्ने लक्ष्य लिएका पुर्जालाई सहयोगको घोेषणा गरेको हो ।
आरोही पुर्जाले ‘प्रोजेक्ट पसिबल’मा १४ ओटा हिमाल ७ महिनामा चढ्ने योजना लिएका छन् । हालसम्म उनले ८ हजार मिटरमाथिका ६ ओटा हिमाल आरोहण गरिसकेको जनाएका छन् ।
उनले ३१ दिनमा सर्वोच्च शिखर सगरमाथासहित अन्नपूर्ण, कन्चनजंघा, लोत्से, धौलागिरि, मकालु हिमाल आरोहण गरिसकेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्