
काठमाडौं, जेठ १४ । मंगलबार सेयरबजारमा सामान्य सुधार आयो । कारोबार पनि बढ्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से २ अंकले सकारात्मक रहेर १३ सय ५ कायम भयो ।
यसदिन कारोबार भएका आधाजसो समूह हरियो रहे भने आधाजसो समूह रातो रहे ।
यसदिन उत्पादनमूलक समूह सबैभन्दा उच्च ७६ अंकले उकालो लाग्दा निर्जीवन बिमा समूहमा ३३ अंकको गिरावट आयो ।
विकास बैंक, वाणिज्य बैंक, जलविद्युत्, वित्त र सामूहिक लगानी कोष समूहमा सामान्य सुधार आयो ।
यसदिन १६४ कम्पनीका २४ लाख १२ हजार ७५ करोड ६८ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्