
हिमाल पौडेल (इमेज)
काठमाडौं, जेठ १४ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेटको ‘सिलिङ’ अन्तिम समयमा परिमार्जन गरेको छ ।
आयोगले यसअघि १४ खर्ब ९३ अर्ब रुपैयाँको सिलिङ दिएको थियो ।
आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले मन्त्रालयबाट सिलिङ परिमार्जनका लागि आग्रह आएपछि सोहीअनुसार केही परिमार्जन गरिएको बताए ।
पछिल्लो सिलिङको अंकबारे जानकारी नदिएपनि उपाध्यक्ष कँडेलले मन्त्रालयहरुको आवश्यकताअनुसार सामान्य हेरफेर गरिएको बताए ।
स्रोतकाअनुसार आयोगले बजेटको सिलिङ पौने १६ खर्ब पुर्याइदिएको छ ।
प्रतिक्रिया दिनुहोस्