२० श्रावण २०८२, मंगलबार | Wed Aug 6 2025


गोरखनाथ गुफामा ‘रोट महोत्सव’


0
Shares

रेणु श्रेष्ठ (इमेज)

गोरखा, जेठ १४ । मुलुकमा शान्तिको कामना गर्दै गोरखास्थित गोरखनाथ गुफामा आयोजित १६औं ‘रोट महोत्सव’ सम्पन्न भएको छ ।

सिद्धाश्रम शक्ति केन्द्रले आयोजना गरेको महोत्सवमा गुरु गोरखनाथप्रति श्रद्धा राख्नेहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

गोरखनाथ उत्पत्ति भएको विश्वास गरिने गोरखनाथ गुफामा विगतका वर्षमाजस्तै यो वर्ष पनि रोट महोत्सव सम्पन्न भएको हो ।

१४ दिनसम्म चलेको महोत्सवमा देशका विभिन्न स्थानबाट भक्तजनको उपस्थिति रहेको थियो ।

महोत्सवमा गोरखनाथलाई एक लाख १५ हजार रोट पकाएर चढाइएको छ । रोट चामल र गहुँको पिठोबाट बनाइने गोरखनाथको प्रसाद हो । जुन कानफट्टा योगी समुदायले विशेष मन्त्रोच्चारण गरेर तयार पार्छन् ।

गुरु गोरखनाथप्रतिको विश्वास र आस्थाका कारण महोत्सवमा सहभागी भएको चितवनका गिरीराज खनालको भनाइ छ ।

सिद्धाश्रम शक्ति केन्द्रले आयोजना गर्ने यस महोत्सवमा सोह्रैपटक सहभागी भएको भक्तपुरका माधव बस्नेत बताउँछन् ।

महोत्सव मुलुक द्वन्द्वग्रस्त अवस्थामा रहेका बेला शान्तिको कामना गर्दै आयोजना गर्न थालिएको महोत्सवका संयोजक किशोरकुमार अकेलाको भनाइ छ ।

गोरखादरबार परिसरमा रहेको गोरखनाथ गुफामा २०६१ सालदेखि महोत्सव आयोजना हुँदै आएको छ ।

भिडियो हेर्नुहोस्