२० श्रावण २०८२, मंगलबार | Wed Aug 6 2025


नापी विभागलाई नमुना बनाउन आह्वान


0
Shares

काठमाडौं, जेठ १४ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले धेरै चुनौतीकाबीच सुकुम्बासी व्यवस्थापन र भूमि वर्गीकरणलगायतका विषयमा उल्लेखनीय काम भएको दाबी गरेकी छन् ।

मंगलबार राजधानीमा नापी विभागको ६२औं वार्षिकोत्सव कार्यक्रममा उनले कानुन निर्माणको काम सम्पन्न भएकाले अबका दिनमा मन्त्रालयले द्रुतगतिमा काम अघि बढाउने बताइन् ।

मन्त्री अर्यालले सगरमाथाको उचाइ नाप्न स्वदेशी टोली सगरमाथाको चुचुरोमा पुग्नु गौरवपूर्ण भएको भन्दै नापी विभागलाई नमुना बनाउन कर्मचारीलाई आह्वान गरिन् ।