२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


द्रुतमार्गको काम निर्धारित् समयमै सम्पन्न हुन्छ : सेना


0
Shares

काठमाडौं, जेठ १४ । काठमाडौ–तराई–मधेस द्रुतमार्ग निर्माणको जिम्मा लिएको नेपाली सेनाले आयोजना तोकिएकै समयमा सम्पन्न हुने बताएको छ ।

मंगलबार राष्ट्रियसभाअन्तर्गत्को राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा आयोजना प्रमुख एवं नेपाली सेनाका उपरथी योगेन्द्र खाँणले २०७९ साल असोज महिनाभित्र सम्पन्न गर्नेगरी आयोजनाको काम द्रुतगतिले अगाडि बढिरहेको जानकारी दिए ।

समितिको बैठकमा आयोजनाको प्रगति विवरण पेस गर्दै आयोजना प्रमुख खाँणले निर्धारित् समयभित्र काम सम्पन्न गर्न आवश्यकताअनुसार राष्ट्रिय र अन्तर्राष्ट्रिय निर्माण व्यवसायीलाई आयोजनाको काममा परिचालन गरिएको पनि बताए ।

आयोजना क्षेत्रमा काटिएका रुखको काठ उपयोगमा नआउनुमा सेनाको दोष नरहेको उनले बताए ।

यसैबीच, समितिले आयोजनाले तयार पारेको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) मन्त्रीपरिषद्बाट स्वीकृत गर्न र मुआब्जाको विवाद तत्काल समाधान गरी सेनालाई काम गर्ने बाटो खोलिदिन सरकारलाई निर्देशन दिएको छ ।

सरकारले २०७४ साल साउन २७ गते ७६.२ किलोमिटर लामो द्रुतमार्ग निर्माणको जिम्मा सेनालाई दिएको थियो ।