
हिमाल पौडेल (इमेज)
काठमाडौं, जेठ १४ । बुधबार (भोलि) सार्वजनिक हुने बजेटको अन्तिम तयारीमा अर्थ मन्त्रालय जुटेको छ ।
तर, पूर्वअर्थमन्त्रीहरुको सुझाव लिने परम्परा भने यसपटक तोडिएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले यसपटक पूर्वअर्थमन्त्रीहरुको सुझाव लिन नचाहेकाले प्रतिपक्ष दलका पूर्वअर्थमन्त्रीलाई मन्त्रालयमा डाकेनन् । सत्तापक्षका पूर्वअर्थमन्त्रीलाईसमेत बोलाएनन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आफूलाई सुझावका लागि मन्त्रालयमा नबोलाइएको बताए ।
यस्तै, पूर्वअर्थमन्त्री शंकर कोइरालाले पनि विभिन्न फोरममा बजेटबारे सुझाव दिएपनि मन्त्रालयमा नबोलाइएको बताए ।
विगतमा बजेट सार्वजनिक हुनुअघि पूर्वअर्थमन्त्रीहरुलाई सुझावका लागि बोलाउने परम्परा भएपनि यसपटक तोडिएको कोइरालाले बताए ।
अर्थमन्त्री खतिवडाले पूर्वअर्थमन्त्रीको सुझाव नचाहेको अर्का एकजना पूर्वअर्थमन्त्रीको बुझाइ छ ।
अर्थमन्त्री खतिवडाले अर्थ मन्त्रालयका दुई सचिव, सहसचिव र सल्लाहकारसहित ८ जनाको टिम बसेर बजेट बनाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्