स्याङ्जामा ३५ प्रतिशत रोपाइँ सकियो • Image Khabar Image Khabar


स्याङ्जामा ३५ प्रतिशत रोपाइँ सकियो


Imagekhabar
२० असार २०७७, शनिबार १८:०१

स्याङ्जामा ३५ प्रतिशत रोपाइँ सकियो

स्याङ्जा, असार २० । स्याङ्जामा ३५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।

गत वर्ष मध्य असारमा करिब २५ प्रतिशतमात्रै रोपाइँ सकिएको यस जिल्लामा पानी परेका कारण रोपाइँ समयमै भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लाको आँधीखोला किनार, कालीगण्डकी नदी किनार, ज्याग्दीखोला किनार, चापाकोटको सुन्तलीटार, रत्नपुर, कुवाकोट, गल्याङ क्षेत्र, सेतीदोभान फाँटहरु र बिरुवा फाँटहरु जिल्लाका प्रमुख रुपमा धान उत्पादन हुने क्षेत्र हुन् ।

जिल्लामा जेठको अन्तिम सातादेखि साउनको पहिलो सातासम्म धान रोप्ने गरिन्छ ।

स्याङ्जाको कुल क्षेत्रफलमध्ये १६ हजार ८०० हेक्टर क्षेत्रफलमा धानखेती गरिने कृषि ज्ञान केन्द्रका प्रमुख शालिकराम अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्