
काठमाडौं । लागू औषध कोकिनका २ सय ४६ वटा प्याकेट सेवन गरेर विमानको यात्रा गरिरहेका एक जापानी नागरिकको मृत्यु भएको छ ।
मेक्सिको सिटीबाट जापानको नारिता विमानस्थलका लागि उडेको विमानमा नै ती व्यक्तिको मृत्यु भएको हो ।
विमानभित्रै ती व्यक्तिको मृत्यु भएपछि विमानलाई मेक्सिकोको सानोरा राज्यमा आकस्मिक अवतरण गराइएको थियो ।
उदो एन नामका ती व्यक्तिलाई लागूऔषध ओभरडोज भएको थियो ।
परीक्षणका क्रममा उनको पेट र आन्द्रामा २ दशमलव ५ सेन्टिमिटर लामो र १ सेन्टिमिटर चौडाइका कोकिनका पोका भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
कोलम्बियाको राजधानी बोगोटाबाट यात्रा सुरू गरेका उनले मेक्सिको सिटीबाट उडान परिवर्तन गरेका थिए ।
विमानमै उनको मृत्यु भएपछि एयर मोसिलियो नगरमा विमानलाई आपत्कालीन अवतरण गराइएको थियो ।
विमानमा सवार अन्य १९८ जना यात्रुलाई नियमित उडानमा नै गन्तव्यमा पु¥याइएको थियो ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्