Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


मिक्लाजुङ गाउँपालिकामा शैक्षिक संस्था बन्द


0
Shares

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा जेठ ६ गते हत्या भएका बालबालिकाको शोकमा आज शैक्षिक संस्था बन्द गरिएको छ ।

गाउँ कार्यपालिकाको बैठकले मिक्लाजुङ–३ आरुबोटेमा मारिएका विद्यार्थीको आत्माको चिरशान्तिको कामना गर्दै आज गाउँपालिकाभित्रका सबै शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरुण राईले गाउँपालिकाका सबै शैक्षिक संस्थालाई आज शोक मनाउन आह्वान गरिएको जानकारी दिए ।

हत्याकाण्डमा मारिएका ९ जनामध्ये चार जना आरुबोटे माध्यमिक विद्यालयका बिद्यार्थी हुन् ।