
काठमाडौं । २०७२ साल वैशाख १२ गते गएको शक्तिशाली भूकम्पपछि बन्द भएको चीनसँगको उत्तरी तातोपानी नाका चार वर्षपछि सञ्चालनमा आएको छ ।
अनौपचारिक रुपमा आज बिहान ४ वटा खाली कन्टेनर पास प्रक्रिया पूरा गरेर खासा प्रवेश गराउँदै तातोपानी नाका खुला गरिएको हो ।
हिजो १० वटा लोडर र कन्टेनरलाई पास दिए पनि चीन पक्षबाट बल्ल सहमतिको खबर पाएपछि काम थालिएको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए ।
नेपालबाट गएका चार वटा कन्टेनरले ऊन बोकेर फर्कने उनले जानकारी दिए ।
नेपाल–चीन जोड्ने मितेरी पुल निर्माण अझै नसकिएकाले अस्थायी चल्तीमा ल्याइएको पुलमुनीको कच्ची सडकको पुल हुँदै खाली कन्टेनर गएका हुन् ।
नाका औपचारिक रुपमा खुलेको घोषणा भने यसै हप्ताभित्र गर्ने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्