
कैलाली । कैलालीको जिल्ला मालपोत कार्यालय परिसरमा राखिएको टाइम बम नेपाली सेनाले निस्कृय पारेको छ ।
आज बिहान करिब ७ बजे भेटिएको बम साढे २ घण्टा लगाएर कैलालीको बेराडाडीबाट गएको नेपाली सेनाको टोलीले निस्कृय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कालो झोलाभित्र राखिएको बम भेटिएपछि सेनाको टोलीले निस्कृय पारेको वडा प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वकिल सिंहले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्