२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


कोकिनका २४६ वटा प्याकेट निलेका जापानी नागरिकको हवाई यात्राका क्रममा मृत्यु


0
Shares

टोकियो, जेठ १४ । कोकिनका २४६ वटा प्याकेट निलेर हवाई यात्रा गरिरहेको अवस्थामा एक एक जापानी नागरिकको मृत्यु भएको छ ।

समाचार एजेन्सीहरुका अनुसार उदो एन नाम गरेका ती यात्रीको मेक्सिको सिटीबाट विमान उडेको केही समयमै मृत्यु भएको हो । सो विमान जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने थियो ।

उडानकै बीच ती यात्री अस्वस्थ भएपछि मेक्सिकोको सनोरा राज्यमा विमानलाई आपत्‌कालीन अवतरण गराइएको थियो ।

अत्यधिक लागुऔषधका कारण मस्तिष्कमा उत्पन्न समस्याबाट ती यात्रीको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

कोलम्बियाको राजधानी बोगोटाबाट यात्रा शुरू गरेका उनले मेक्सिको सिटीबाट उडान परिवर्तन गरेको बताइएको छ ।

साढे दुई सेन्टिमिटर लम्बाइ र एक सेन्टिमिटर चौडाइका कोकिनका २४६ प्याकेट ती व्यक्तिको पेटमा पाइएको थियो । (एजेन्सी)