
हेटौंडा, जेठ १४ । मकवानपुरको मनहरी गाँउपालिका ६ सुनाचरीमा आज बिहान दुईवटा ट्रक आपसमा ठोक्किदा दुईजना घाइते भएका छन् ।
हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको चिनी लोड भएको ना६ख ५४७ नम्बरको ट्रक र सिमेन्ट लिएर विपरीत दिशाबाट आउँदै गरेको ना३ख ७५९२ नम्बरको ट्रक आज बिहान ५ बजे आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा घाइते भएका ५४७ नम्बरका ट्रकका चालक पर्साको विरगंज महानागरपालिका–२ का ३५ वर्षीय भुपेन्द्र कुमार यादव र अर्का ट्रकका चालक झापाको कन्काई ८ का ४८ वर्षीय भक्त गिरीलाई उपचारको लागि चितवनतर्फ पठाइएको छ । घाइतेमध्ये यादवको अवस्था गम्भिर रहेको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्