Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


दरबन्दीअनुसार कर्मचारी नभएपछि गाउँपालिकालाई समस्या


0
Shares

बाग्लुङ । बाग्लुङको तमानखोला गाउँपालिकामा दरबन्दीअनुसार कर्मचारी नभएपछि गाउँपालिकाको नीति तथा कार्यक्रम कार्यान्वयनमा समस्या भएको छ ।

यो गाउँपालिका जिल्लाको सबैभन्दा विकट क्षेत्रमा रहेको छ । गाउँपालिकामा १८ जना कर्मचारीको दरबन्दी रहे पनि हाल ४ जना कर्मचारी मात्रै छन् ।

जसले गर्दा गाउँपालिकाले तय गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न समस्या भएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए ।

अहिले गाउँपालिकामा एक जना अधिकृत, एक लेखापाल र दुई जना सचिव मात्रै छन् । ६ वटा वडामा विभाजित गाउँपालिको सबै काम दुई जना सचिवले गर्नुपर्ने बाध्यता छ ।

सचिवलाई कामको चाप पर्दा स्थानीयले सेवासुविधा पाउन सकेका छैनन् ।

विकट क्षेत्रमा रहेको गाउँपालिकाको एउटा वडाबाट अर्को वडामा पुग्न पुरै एक दिन खर्चनुपर्ने बाध्यता छ ।