२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


नेप्से १३ सय २ कायम


0
Shares

काठमाडौं, जेठ १३ । पछिल्ला दिन सामान्य अंकले ऋणात्मक रहँदै आएको सेयरबजार सोमबार भने सामान्य सकारात्मक रह्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से आधा अंक बराबरले हरियो रहेर १३ सय २ कायम भएर थामियो । कारोबार भने अघिल्लो दिनभन्दा पनि केही खुम्चियो ।

यसदिन बिमा र वाणिज्य बैंक समूहबाहेक अरु सबै समूह सकारात्मक रहे । उत्पादनमूलक समूह सबैभन्दा उच्च ३७ अंकले उकालो लागे पनि अरु समूह नगन्य अंकले हरियो रहेका हुन् ।

जीवनबिमा २८ अंकले र निर्जीवन बिमा समूह १५ अंकले ओरालो लागे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १७० कम्पनीका १७ लाख कित्ता सेयर जम्मा ५२ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।