
काठमाडौं, जेठ १३ । आगामी बजेटमा ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्नेमा ऊर्जाउद्यमीहरुले जोड दिएका छन् ।
ऊर्जा क्षेत्र प्राथमिकतामा परेमात्रै तीव्रगतिमा देशको विकास हुने उनीहरुको भनाइ छ ।
ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई थप सुविधाको व्यवस्था बजेटमार्फत् गरिनुपर्ने माग गर्छन्, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संघ (इप्पान)का अध्यक्ष शैलेन्द्र गुरागाइँ ।
ऊर्जा क्षेत्र उद्योगको पनि उद्योग भएको भन्दै यसमा पर्याप्त लगानी भित्र्याउने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।
जलविद्युत् आयोजनाका लागि ९ प्रतिशत ब्याजदरमा ऋणको व्यवस्था गरिनुपर्ने माग पनि ऊर्जा व्यवसायीको छ ।
सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य पूरा गर्न यसै वर्षबाट काम थाल्नुपर्ने ऊर्जाउद्योगी ज्ञानेन्द्रलाल प्रधानको भनाइ छ ।
सरकारले जलविद्युत्को क्षेत्रमा लगानी गर्नसकेमा पनि आर्थिक विकास हुनसक्ने उनको तर्क छ ।
सरकारले ऊर्जा क्षेत्रमा दिँदै आएको १० वर्षसम्मको आयकर छुटले पनि व्यवसायीलाई प्रोत्साहन मिलेको व्यवसायीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्