Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


रंगशाला निर्माणका लागि आवश्यक सहयोग गर्छु : कुलमान


0
Shares

चितवन, जेठ १३ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले चितवनको रामपुरमा बन्न लागेको क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक पर्ने सहयोग गर्ने बताएका छन् ।

घिसिङले रंगशालाका लागि विद्युत्, ट्रान्सफर्मर र सबस्टेसन निर्माणका लागि प्राधिकरणले खुला हृदयका साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सोमबार घिसिङले रंगशालास्थलको निरीक्षण गर्दै सो कुरा बताएका हुन् ।

धुर्मस–सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले रंगशाला निर्माणस्थलको कम्पाउन्ड घेर्ने, गोदाम तथा आवास भवन निर्माण गर्ने, रुखहरु हटाउने, जरा उखेल्ने, ग्रेडिङ गर्नेे, डीपीआरलगायतका कामहरु अघि बढिरहेको बताए ।

२० विगाहा ६ कट्ठा क्षेत्रफलमा निर्माण भइरहेको रंगशालामा पिच निर्माणका लागि खाल्डो खनेर माटो पेल्ने काम भइरहेको कट्टेलले बताए ।